काठमाडौं, भदाै २५: बिहीबार नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेर ५० हजार ४ सय ६५ पुगेको छ।
बिहिबार १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार सात सय पुगेको छ।