नेपालमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको शाखा गठन

| 2025 Feb 17 | 08:28 pm 341

काठमाडौँ ०५ फागुन। अमेरिकामा दर्ता रहेको अन्तर्राष्ट्रिय पत्रकार महासंघको सोमबार काठमाडौंमा आयोजित भेलाले नेपाल शाखा गठन गरेको छ । नेपाल शाखाको अध्यक्षमा कृष्णा पौडेल चुनिएकी छिन ।

पौडेलको अध्यक्षतामा १९ सदस्यीय नेपाल शाखाको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शाखाको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल छन् । सचिवमा सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल चुनिएका छन् ।

शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र युव गाहामगर बोर्ड अफ डाइरेक्टरहरुमा रहेका छन् ।

पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले अन्य देशहरुमा पनि शाखा गठन गर्ने योजना रहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.