नेपालभरी कुल ३ हजार ५ सय २५ जनाको कोरोना परिक्षण

| 2020 Apr 11 | 01:22 pm 1792

काठमाडाैं, चैत २९ः नेपालमा केही दिनयता कोरोना भाइरस परीक्षणको दायरा बढाइएको छ । शुक्रबारसम्ममा नेपालभरी कुल ३ हजार ५ सय २५ जनाको कोरोना परिक्षण गरिएको छ । तीमध्ये हालसम्म ९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

परीक्षण गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे । यसैगरी ८ सयभन्दा बढी नमूनाहरू परीक्षणको क्रममा रहेकाे छ ।

मन्त्रालयका अनुसार हाल कोरोना आशंका गरिएका १ सय २५ जनालाई आइसोलेसनमा राखिएको छ । हाल नेपालभरी ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा रहेकाे मन्त्रालयले जनाएकाे छ  ।

कोरोना संक्रमित ९ मध्ये ८ जनाको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाइएको छ । १ जना भने दुई महिना अगाडि नै निको भइसकेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.