बाँके, जेठ १९ः बिहीबार बिहान पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।