नेदरल्याण्डबाट नेपाल आई यौन दूराचार

रिपोर्ट नेपाल | 2018 Jun 16 | 10:20 am 2783

नेपालमा विभिन्न बहानामा बसेर या पर्यटकका रुपमा घुम्न आउँदा विदेशी नागरिकले यौन दूराचार गर्नेगरेका समाचार बेलाबेलामा सुनिन्छन् । यस्तै क्रियाकलापमा संलग्न एक विदेशी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको फन्दामा परेका छन् । बाल यौन दुराचारमा संलग्न नेदरल्याण्डका ६६ वर्षीय पिट हेन भ्यान टेरविसगालाई प्रहरीले विहिबार नियन्त्रणमा लिएको हो ।

समाज सेवा गर्ने भन्दै नेपालमा आई विपन्न परिवारका बालबालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा जबर्जस्ती करणी गर्ने टेरविसगालाई ब्यूरोको टोलीले ठमेलस्थित सात घुम्तीबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीले उनीसँगै रहेको अवस्थामा एक जना नेपाली बालकलाई समेत उद्धार गरेको छ । पक्राउ टेरविसगालाई जबर्जस्ती करणी महलको बाल यौन दुराचार अपराधअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

मुलुकी ऐनअन्तर्गत जबर्जस्ती करणीको महलअन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम ११ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्तिसमेत भराउने कानूनी व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.