नेत्रविक्रम चन्द नेतृत्व कार्यकर्ताको घरबाट हतियार बरामद भएको प्रहरीको दावी

रिपोर्ट नेपाल | 2019 Mar 07 | 10:45 am 2105

कपिलवस्तु, फागुन २३ : नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका एक कार्यकर्ता प्रहरीको गोली लागि घाइते भएका छन् ।

प्राप्त समाचार अनुसार जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–९ मा प्रहरीको गोलीबाट चन्द नेतृत्वका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् ।

रोकाको घरबाट प्रहरीले दुई थान एएमजी, तीन थान म्याग्जीन र एक थान चाइनिज पेस्तोल बरामद गरेको बुझिएको छ । पछिल्लो समय चन्द नेतृत्वको माओवादीले चन्दा आतंकलाई तिब्रता दिएको भन्दै सरकार कडा रुपले प्रस्तुत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.