नेता महतोद्धारा सम्पूर्ण नेपालीलाई घरमै बसेर दशैं मनाउन आग्रह

रिपोर्ट नेपाल | 2020 Oct 21 | 06:21 pm 2340

महेश सिंह सिरहा, कात्तिक ५ः नेपाल लगायत विश्वका सम्पुर्ण देश्हरुमा फैलिएको कोरोना भाईरसको संक्रमण एक अर्कामा सर्न नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेका थिए । जनसमुदायमा सामाजिक दुरी काइम गरी चाडपर्व मनाउन युवा नेता ललित नारायण महतो ले अनुरोध गरेका छन् ।

हिन्दूहरुको महान चाड वडा दशैं दिपावली तथा छठ पर्वको उपलक्ष्यमा जनता समाजबादी पार्टी नेपालका युवा नेता ललित नारायण महतोले सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, आमा बुबाहरुमा २०७७ सालको शुभ कामना व्यक्त गरेका छन् ।

नेता महतो निर्वाचन क्षेत्र न.१ को प्रदेश सभा, क, को उपाध्यक्ष समेत रहेका छन्। नेता महतो सानै उमेर देखि राजनीतिमा सकृय रहेका छन्।

सिरहाको लहान ३ स्थित रहेको हाम्रो कृषि सहकारी संस्था लिमिटेडका संचालक समेत रहेका हुन् ।  नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई भिडभाड नगरी घरमै बसेर चाड पर्व मनाउन आग्रह गरेका छन् ।

कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन हामी आफै सचेत रहनु पर्ने नेता महतोले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.