नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी

रिपोर्ट नेपाल | 2018 Dec 15 | 02:59 pm 1440

काठमाडौं- नेकपाको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। पाँच महिनापछि पहिलो पटक बसेको बैठकले आन्तारिक मतभिन्‍नताको व्यवस्थापन गरेर एकीकरण प्रक्रियालाई टुंगो लगाइने जनाएको छ।

यसअघि बैठकको एजेन्डा तय गर्न पार्टी सचिवालयको बैठक बसेको थियो। पार्टीभित्रको आन्तरिक विवाद चर्किएका बेला हुन लागेको यो बैठकलाई महत्वका साथ हेरिएको छ। एजेन्डा अझै तय नभएकोले पहिलो दिनको बैठकमा सामान्य छलफल हुने बताइएको छ।

यसअघि २१ असारमा पहिलो पटक स्थायी समिति बैठक बसेको थियो। दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए। २२ मंसिरमा बालुवाटारमा केन्द्रीय सचिवालय बैठक डाकेर अपमानपूर्वक पर्खाइएको भन्दै चार नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.