नेकपा दर्ताको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट

| 2018 Jun 14 | 07:30 pm 3054

काठमाण्डौं, जेठ ३१ :  नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दर्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता इन्दु तुलाधर, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलगायत १२ जनाले कानुनी प्रक्रिया पुरा नगरी नेकपा निर्वाचन आयोगमा दर्ता भएको दाबीसहित बदरको माग राखेका हुन् ।

दलको सबै तहको समितिमा कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने प्रावधानविपरीत समावेशीको मापदण्ड पूरा नगरेको दललाई आयोगले हचुवाको भरमा दर्ता गरेको भन्दै निवेदकहरुले दर्ताको निर्णय खारेजीको माग गरेका हुन् ।

संविधानले राजनीतिक दलहरुको अन्तरिम विधानको कल्पना नै नगरेको अवस्थामा अन्तरिम विधानकै आधारमा नेकपा दर्ता भएको भनी रिट निवेदनमा त्यसको वैधतामाथि प्रश्न उठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.