नेकपा जनताको सुख दुःख भन्दा पनि पदलोलुपतामा लिप्त

| 2020 Jul 02 | 07:28 am 4212

  • कृष्ण प्रसाद सापकोटा

नेपालको राजनीतिमा सत्ताको बागडोर सम्हाल्नेहरुबाट जे जति नराम्रा कामहरु भएका छन् ती सबै आँफू संकटमा परेर पदगुम्नी अवस्थामा मात्रै भएका छन् । तत्काल कोतपर्व नरचेको भए जंगबहादुर राणा मारिने थिए । आफ्नो ज्यान नै असुरक्षित बनेपछि जंगबहादुरले कोतपर्व र भण्डारखाल पर्व मच्चाएका हुन् । सक्रीय शासनबाट विमुख हुनुपर्ने अवस्था आएपछि तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गतेको कदम चालेका थिए ।

आफ्नो प्रधानमन्त्री पद गुम्ने निश्चित भएपछि गिरिजाप्रसाद कोइरालाले, मनमोहन अधिकारीले र शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरेका थिए । यतिबेला ओली मा पनि यस्तै प्रवृति देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला संकटबाट गुज्रिएका छन् संकटबाट उनी घेरिएका छन। यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कित प्रतिनिधिसभा विघटन कित पार्टी बिभाजन वा दुवैपद छोड्न तयारको स्थिति देखा पर्दै छ ।

माओबादी पार्टी र नेकपा एमालेको समायोजन पछि ठूलो कम्युनिस्ट पार्टी हुनुको साथै एक ढिक्का हुने र जनताले दिएको मतअनुसार पाँच वर्ष शासन गर्ने अनुमान गरिएको थियो, तर प्रधानमन्त्रीले आफ्नो कार्यकाल लम्ब्याउने र शासन चलाउने नियत बाहेक पार्टी र जनताको लागि केहिगर्न नसकेको भन्दै शीर्षथ नेताहरुलेनै दुवै पदबाट राजिनामा दिन भन्दै घेराबन्दि गरिरहेका छन्।

अब इतर पक्षले कुनै पनि हालतमा केपी ओलिलाई दुवै पदबाट राजिनामा गराउन कस्सिएर लागेको अबस्था छ भने प्रधानमन्त्री केपी ओली आफ्ना नजिकका र शुभचिन्तकहरुसित छलफल गर्दै कसरी सत्ता टिकाउन सकिन्छ भनेर लागिरहेको अबस्था छ। अब प्रधानमन्त्रीले राजिनामा नदिएर टालटुले वा जबर्जस्ति पेलेर जानखोजे ईतर पक्षलाइ कुनै पनि हालतमा स्वीकार्य हुने अवस्था देखिन्न । जसका कारण नेकपाको आन्तरिक द्धन्द झन् चर्कनेछ ।

द्धन्द चर्कँदै जाँदा पुराना नेकपा एमाले र पुराना माओबादी नेता तथा कार्यकर्ता दुई कित्तामा उभिनुपर्ने अबस्था आउने छ र दुवै तिरका नेता तथा कार्यकर्ताले दुवै पार्टी अध्यक्षलाई उकास्ने छन् । एक पक्ष र अर्को पक्षबीच पानी बाराबार हुने अवस्था देखिँदै छ । त्यो अवस्थाका कारण अब नेकपा फुटको अबस्थामा आउँने छ ।

लामो समयसम्म देशमा स्थाई सरकार नभएकोले देशमा अस्थिरता र बेथिति बढेको भन्दै जनताले नेकपालाई बहुमतबाट बिजयी बनाएका थिए। देशमा नेकपाको सरकार बनिसकेपछि दुई वटा अनुमान गरिएको थियो। धेरैले अनुमान गरेका थिए की देश गतिशील ढंगमा अघि बढ्नेछ र देशमा मजदुर र निम्नवर्गको उत्थान हुने छ । यो साँढे दुइ वर्षको कार्यकाल मुल्यांकन गर्दा बास्तवमा नेकपा अधोगतिमा अघि बढेको छ ।

अब नेकपाको कार्यकाल साँढे दुई वर्ष बाँकी छ त्यसपछि देशमा चुनाव हुनेछ । यो अवधिभित्र नेकपाको उभोगति हुने लक्षण देखिएको छैन । पहिलो कुरा त सहज परिस्थिति हुँदा पनि नेकपाले आफ्नो साँढे दुइ वर्षे कार्यकाल भित्र जनताका जनजीविकाका कामगर्न सकेन।

अहिले देशमा कोरोना भाइरसका कारणले गर्दा जनताको दैनिकी दिनानुदिन कठिन हुँदै गएको छ भने लकडाउनको बाबजुत पनि कोरोना संक्रमितको संख्या दिनानुदिन थपिदै गएको छ। सरकारले यसलाई बेलैमा सतर्कता नपनाउँदा भयाभह हुने निश्चित छ । कोरोनाले जिबन कठिनाइ भैरहेको बेला सलह किराले गर्दा किसान चिन्तित हुनुका साथै मर्कामा परिरहेका छन्।

यस्तो विपदको बेला नेकपा भित्रको शक्त्ति संघर्षले जनताको सुख दुःख भन्दा पनि पदलोलुपतामा लिप्त देखिएको छ । चुनावका बेला जनताका अगाडि गरेका बाचालाई पुरागर्नुको सट्टा सत्ता जोगाउन र सरकार गिराउन मात्र ध्यान जानुले कम्युनिस्टहरु जनताको कामको लागि भन्दा पनि सत्ताको लागि मरिहत्ते गर्छन भन्ने देखिदै गएको अबस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.