नेकपा एस पदाधिकारी निर्वाचनमा चर्चित नेताहरु पराजित

रिपोर्ट नेपाल | 2024 Aug 28 | 10:58 am 485

काठमाडौँ १२ भदौ / आज बिहान सकिएको मतगणनाकाे अन्तिम मतपरिणाम अनुसार एकीकृत समाजवादीमा १७ पदाधिकारीका लागि मंगलबार भएको निर्वाचनमा केही चर्चित नेताहरु पराजित भएका छन् ।

निर्वाचनबाट महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भइन् । उनले रामकुमारी झाँक्रीलाई हराइन् । मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद शाह निर्वाचित भए भने खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भए ।

उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए । सचिवमा गणेश बिक (दलिततर्फ), बलदेब चौधरी (आदिवासी–जनजाति) र खुलातर्फ श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, चन्द्रबहादुर शाही विजयी भए ।

नेकपा एकीकृत समाजवादीले गत असारमा दशौं महाधिवेशन गरेर हलबाटै अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई निर्विरोध निर्वाचित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.