काठमाडाैं, असाेज १८ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्यलाभ गरी साेमबार घर फर्केका छन् ।
उनकाे स्वास्थ्यमा केही समस्या आई गत असोज १३ गते बेलुकी त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएकाले केहि दिन घरमै आराम गर्ने नेपालको निजि सचिवालयले जनाएङ्को छ।
अध्यक्ष नेपालकाे स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने उनकाे निजी सचिवालयले जनाएकाे छ ।