काठमाडौं, मंसिर २८ / “झुलाघाट– चिवाभञ्ज्याङ संकल्प” यात्रामा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण प्रयास भएको छ ।
नेकपा एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले “संकल्प यात्रा” भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका-५ लेगुवामा मादक पदार्थ सेवन गरेका एक युवाले अवरोध गर्न खोज्दा शंकास्पद लागेर प्रहरीले नियन्त्रणमा लिएको बताए । “आक्रमण प्रयास भएको हो, छुन पाएन,” उनले भने, “शंकास्पद लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।”
सार्वजनिक भिडियोमा पनि ओलीमाथि आक्रमण प्रयास भएको स्पष्ट देखिन्छ । कोसी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले आक्रमण प्रयास भएको बताए ।