तीन दिने भ्रमणका लागि नेकपा अध्यक्ष दाहाल भारत प्रस्थान

| 2018 Sep 06 | 06:09 pm 1862

काठमाडौं, भदौ २१ :  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय विश्व सम्बन्ध परिषद्को निमन्त्रणामा अध्यक्ष दाहाल भारत गएका हुन् । उनले शुक्रबार विश्व सम्बन्ध परिषद्ले आयोजना गर्न लागेको कार्यक्रममा नेपाल–भारत सम्बन्धका भावी योजनाबारे जानकारी गराउने बताइएको छ ।

कार्यक्रममा कूटनीतिक एवम् सुरक्षा मामिला विज्ञ र नेपाल–भारत सम्बन्धका जानकार सहभागी हुने बताइएको छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग पनि भेट गर्ने अध्यक्ष दाहालले बताए ।

नेपाल र भारतबीच यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनका लागी भारतीय अधिकारीहरुलाई ध्यानाकर्षण गराउने पनि अध्यक्ष दाहालले बताए । तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि अध्यक्ष दाहाल भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.