नेकपाले तोक्यो सातै प्रदेशको इन्चार्ज र सह इन्चार्ज, कुन प्रदेशमा को भए ? (नामावलीसहित)

| 2018 Jun 07 | 04:32 pm 10768

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै वटा प्रदेशको इन्चार्ज र सह इन्चार्ज तोकेकाे छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफलपछि प्रदेशको इन्चार्ज र सह इन्चार्ज तोकिएको हो ।

प्रदेश नं १ को इन्चार्जको जिम्मेवारी युवा नेता योगेश भट्टराईले पाएका छन् । सह इन्चार्जका जिम्मेवारी राम कार्कीले पाएका छन् । त्यसै गरी प्रदेश नं २को इन्चार्ज सत्यनारायण मण्डल र सह इन्चार्जको जिम्मेवारी प्रभु शाहलाई दिइएको छ ।

प्रदेश नं ३ को इन्चार्ज अष्टलक्ष्मी शाक्य र सह इन्चार्जको जिम्मेवारी हितमान शाक्यले पाएका छन् । प्रदेश नं ४ इन्चार्ज देबेन्द्र पौडेल सहइन्चार्ज खगराज अधिकारी, प्रदेश नं ५ इन्चार्ज घनश्याम भुसाल सह इन्चार्जको जिम्मेवारी जयपुरी घर्तीले पाएकी छिन् ।

प्रदेश नं ६ इन्चार्ज जनार्दन शर्मा सहइन्चार्ज यमलाल कंडेल र प्रदेश नं ७ इन्चार्ज भीम रावल सह इन्चार्जको जिम्मेवारी खगराज भट्टले पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.