नेकपामा झापाका १२ केन्द्रीय सदस्य, केपी ओलीदेखि सुरेन्द्र कार्कीसम्म

रिपोर्ट नेपाल | 2018 May 24 | 02:40 am 3181

झापा , जेठ १0: हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना गरेका हुन् । तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा हिक्मत कार्की, रवीन कोइराला, भास्कर काफ्ले, हरि राजवंशी, नरेश खरेल, युवराज कार्की, देवेन्द्र दाहाल, डा युवराज खतिवडा र देवराज घिमिरे रहेका छन् ।

त्यसैगरी, तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट सुरेन्द्र कार्की .(पार्थ) र धर्मशीला चापागाई परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.