नेकपाको सचिवालय बैठक बस्ने

रिपोर्ट नेपाल | 2020 May 30 | 08:58 am 1513

काठमाडाैं, जेठ १७ः शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेरपछि बस्ने भएको छ।  विश्व महामारीकाे रूपमा फैलिएको कोरोना भाइरस, संविधान संशोधन, अमेरिकी परियोजना एमसिसीलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको बुझिएकाे छ।

बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  बैठकमा अमेरिकी परियोजनाबारे निर्णय लिइने उनले बताए।

प्रेस सल्लाहकार थापाका अनुसार सरकारले बिहीबार ल्याएको बजेट पार्टीभित्र  विवादास्पद बनिरहेको एमसिसी परियोजना बजेट विनियोजन भएपछि बैठक बस्न लागेको जनाए ।

शुक्रबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको बुझिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.