नेकपाको सचिवालय बैठक आज बस्दै

| 2019 Nov 11 | 08:52 am 1899

काठमाडौं, कात्तिक २५ सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै त्यसलाई टुंगो लगाउन सचिवालय बैठक बोलाइएको हो।

बिहान ९ बजे बस्ने सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत समीक्षा हुने बताइएको छ।

पार्टी एकताका बाँकी रहेका काम आज बस्ने सचिवालय बैठकले टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको विवाद र अन्य व्यस्तताका कारण हुन सकेको थिएन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.