नेकपाका अध्यक्ष प्रचण्ड चीन प्रस्थान

| 2018 Sep 15 | 01:00 pm 2004

काठमाडाैं, भदाै ३० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन प्रस्थान गरेका छन् । चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड शनिवार अपरान्ह चीन प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा प्रचण्डले कुन–कुन चिनियाँ नेतासँग भेट्ने भन्ने खुलाइएको छैन । चीन प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘कम्युनिष्ट पार्टीको निमन्त्रणमा जान लागेका पार्टी टु पार्टी सम्बन्ध नै भ्रमणको मुख्य विषय हुने बाला छ ।’

दुई पार्टीको सम्बन्ध र दुई देशबीच भएको सहमति तथा शमझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको उद्देश्य भएको उनले जानकारी दिए ।

प्रचण्डसँगै पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सिक छिन् । प्रचण्ड ३ असाजमा स्वदेश फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा १५ सदस्यीय टोली शुक्रबार चीन प्रस्थान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.