काठमाडौं, साउन ५: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार दिउँसाे १ बजे बस्ने भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकता प्रक्रियाले पूर्णता पाएको घोषणा गर्ने बताइएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएकाे जानकारी अनुसार बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने बताए ।
नेकपामा विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागिसकेको बुझिएकाे छ ।