नेकपाकाे विवाद देशका लागी नभएर कुर्सिकालागी भएकाे नेता शाहकाे आरोप

| 2020 Nov 28 | 11:27 am 2090

बुटवल, मंसिर १३:  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वर्तमान केपी ओली नेतृत्वको सरकार जनताको कामलाई छाडेर सत्ता टिकाउका लागि आन्तरिक झगडामा फसेको बताएका छन्।

नेता शाहले शनिवार विहान रिपोटर्स क्लवमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपाको झगडा सिद्धान्त र देशको राष्ट्रिय मुद्दामा नभई पद र लाभका लागी भएको बताएका छन्।

नेता शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुँदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताएका थिए ।

सरकार जनताको स्वास्थ्यमा पुरै खेलवाड गरेको बताउँदै नेता शाहले भौतिक विकास निर्माणमा मात्रै नभई स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताए।

लुम्बिनी प्रदेशको राजधानी सार्ने बिषयमा बिष्णु पौडेलले मन्त्रीपद सँग साटेको आरोप समेत नेता शाहले लगाए ।

सभापती शाहले अख्तियार स्वतन्त्र ढंगले चल्नुकाे साटाे सरकारको इसारामा भ्रष्टाचारीलाइ संरक्षण गरेकाे  आरोप लगाउँदै  गोकुल बास्कोटामाथी चलेको मुद्दामा सफाइ दिनको लागि प्रधानमन्त्री केपि ओलिले नै दबाब दिइरहेको समेत दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.