नुहाउने क्रममा पोखरीमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला

रिपोर्ट नेपाल | 2021 Jun 15 | 08:55 pm 345

रुपन्देही, असार १ः जिल्लाको कन्चन गाउँपालिका ३ सोगास्थित पोखरीमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीले असार १ गते फेला पारेको छ ।

सोही ठाउँ बस्ने ३४ वर्षLय कमल शिरिष थापा उक्त पोखरीमा नुहाउने क्रममा यही जेठ ३१ गते डुवेर बेपत्ता भएको बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश विष्णुपुराबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।

चोरीपैठारीको फलामसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित चेकपोईन्टबाट मंगलबार सशस्त्र प्रहरीले करीव २२ लाख ४५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फलामसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको बरियारपुर घर बताउने २३ वर्षीय सन्जय कुमार कुशहवा र ४४ वर्षीय अंगत कुमार कुशहवा रहेका छन् ।

भारतबाट अवैध रुपले टेलरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको करीव ३४ मेट्रिटन एमएस विलेटको फलामसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले
पक्राउ गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त टेलर समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद फलाम तथा टेलरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
महोत्तरी  जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट असार १ गते सशस्त्र प्रहरीले करीव २ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, कस्मेटिक सामान र मोटरसाईकलको पार्ट्स सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो
। बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.