नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 24 | 07:36 pm 2371

घोडाघोडी, ८ असोज : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्युहुनेमा घोडाघोडी नगरपालिका–४ का अर्जुन धामीका नौ वर्षीय छोरा विवेक धामी रहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

स्थानीय सीताकुण्ड माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत बालक विवेक साथीसँग नदीमा पौडी खेल्न गएकाबेला डुबेपछि स्थानीयवासीले उद्धार गरी सुख्खडस्थित घोडाघोडी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.