नुवाकोट-२ मा कांग्रेसबाट केसी विजयी

| 2022 Nov 26 | 07:58 am 1797

काठमाडौं, मंसिर १०ः नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५ सय ६१ मत पाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.