नीति तथा कार्यक्रममाथिको छलफलमा नाउपा र जनमतको अवरोध

रिपोर्ट नेपाल | 2025 May 06 | 12:46 pm 417

काठमाडौँ २३ वैशाख / नागरिक उन्मुक्ति पार्टी र जनतमत पार्टीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा अवरोध जनाएका छन्। प्रतिनिधिसभा बैठकमा दुवै दलले रेशम चौधरी पक्राउ परेको घटनामा सरकारको जवाफ माग्दै अवरोध गरेका हुन्।

सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोजेका थिए । तर, दुई पार्टीका सांसद उठेर सदन अवरोध गरेका हुन् ।

आज बैठक सुरु हुनासाथ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले धारणा राखेकी थिइन् । सभामुखले बोल्न दिइसकेको भन्दै बस्न आग्रह गरेका छन्। घिमिरले आफूले सरकारको ध्यानाकर्षण गराएको भन्दै बस्न आग्रह गरेका छन् ।

वैशाख १७ गते नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गरेका छन् । जवाफ नआए सरकार छाड्ने चेतावनी सोमबारको सदनमा नै नाउपाका सांसदले दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.