निषेधाज्ञाको समयमा कोरोना संक्रमित बढे

रिपोर्ट नेपाल | 2020 Sep 02 | 09:02 am 2015

काठमाडाैं, भदाै १७ः काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा जारी गर्ने वा अन्य विकल्पमा जाने भन्ने विषयमा गृह मन्त्रालयसँग परामर्श लिएर निर्णय गर्ने भएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको भर्चुअल बैठकले गृह मन्त्रालयसँग परामर्श गरेर निर्णय लिने निर्णय गरेको हो । तीन जिल्लाकै प्रमुखको भर्चुअल बैठकले साझा धारणा बनाएको काठमाडौंका प्रजिअ जनकराज दाहालले बताए । उनले भने– ‘निषेधाज्ञा थप्ने नथप्ने बुधबार गृहसँग छलफल गरेपछि निर्णय गर्छाैं । अहिले नै भन्ने स्थिति छैन ।’

तीनै जिल्लाका प्रजिअको बैठकमा निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल भएको बताइएको छ । सबै सरोकारवालासँग परामर्श गरी त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने बैठकले निर्णय गरेको छ ।

उपत्यकामा कोरोना नियन्त्रण गर्न निषेधाज्ञा सफल भएको बताउँदै प्रमुख जिल्ला अधिकारी प्रजिअ दाहालले भने– ‘जे उद्देश्यका लागि निषेधाज्ञा जारी गरिएको हो, त्यो पूरा भएको छ ।’ प्रजिअ दाहालका अनुसार निषेधाज्ञाको समयमा जनताको धेरै गुनासो आएको छ । ‘खान समस्या भयो, रोजगारी पाइएन, दैनिक जीवन कठिन भएको जस्ता गुनासाहरू आएका छन्’, उनले भने– ‘जनताको हितमा हुने गरी सेवासुविधा पुर्याउने कामलाई पनि प्राथमिकतामा राखेका छौं । निषेधाज्ञाको समयमा कोरोना संक्रमितको संख्या घट्दै जानुको साटो झन्झन् बढ्दै गएको पाइएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.