निलम्बित डिएसपी ठग बहादुरलाई बर्खास्त गर्ने गृहको निर्णय

| 2023 Jul 25 | 09:03 pm 1441

काठमाडौँ, साउन ९ । गृह मन्त्रालयले नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिस अनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले उनलाई मंगलबार बर्खास्त गरेको मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले बताए।

उनले भने–‘सेवाबाट हटाउने निर्णय गरेर प्रहरी प्रधान कार्यालयमा लेखी पठाएका छौं ।’

सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा निलम्बनमा परेका डिएसपी केसीलाई प्रहरी हेड्क्वार्टरले बर्खास्त गर्न गत असारमा गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

बुटवलमा सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.