निर्वाचन आयोग आचारसंहिता जारी गर्ने तयारीमा

| 2021 Feb 16 | 09:50 am 1929

काठमाडौँ फाल्गुन ४: निर्वाचन आयोगले वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अघि बढाएको छ । आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको जनाएको छ।

नेपाल सरकारले दुई चरणमा गर्ने तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७७ मस्यौदाको विषयमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुबाट सुझाव लिने काम आइतबार देखि गरिएको छ ।

नेकपाको विवाद नटुंग्याउँदै आचारसंहिता जारी गर्न लागेकोमा नेकपाका दाहाल ,नेपाल पक्षले आपत्ति जनाउदै आएका छन् । आयोगले आचारसंहिता र नेकपाको आधिकारिकता विवाद सँगसँगै टुंगो लगाउने तयारी भइरहेको जनाएको छ । नेकपाको आधिकारिताको विवादले गर्दा आयोगले निर्वाचन प्रयोजनको लागि दल दर्ता कार्यक्रम अघि बढाउन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.