निर्वाचन आयोगसँग दाहाल–नेपाल समूहद्वारा समय थप्न माग

रिपोर्ट नेपाल | 2021 Jan 29 | 01:51 pm 1837

काठमाडौं, माघ १६ः नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुन नसक्ने जानकारी गराएको छ ।

निर्वाचन तयारी र दल दर्ता विषयमा निर्वाचन आयोगले शुक्रबार बोलाएको छलफलमा दाहाल–नेपाल समूहका अध्यक्षद्वय उपत्यका बाहिर भएकाले छलफलमा सहभागी नहुने जानकारी गराएका हुन् ।

आयोगले शुक्रबार नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको थियो । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माघ १८ गतेसम्म उपत्यका बाहिरका कार्यक्रममा व्यस्त हुने भन्दै त्यसपछि छलफल आयोजना गर्न भनिएको हो ।

दाहाल–नेपाल समूहका नेताहरु लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेको पत्र बुझाएर फर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.