निर्वाचन आयोगमा थपलियाको सिफारिस

| 2019 Mar 26 | 07:22 am 1640

काठमाडौँ, चैत्र १२ : प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव सेवा निवृत्त भएपछि संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ ।

यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा गत आइतबार सेवानिवृत्त भएका थिए । निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहने प्रावधान रहेको छ। हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन् ।

परिषद्को सोमबार सिंहदरबारमा बसेको बैठकले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ । यसैगरी समावेशीआयोगको सदस्यमा विष्णुमाया ओझा पनि नियुक्त भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.