काठमाडाैं, माघ १५ः निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई छलफल गर्नका लागि शुक्रबार विहान साढे ११ बजे उपस्थित हुन पत्र पठाएकाे छ ।
स्राेतका अनुसार शुक्रबार बहान साढे ११ बजे छलफलका लागि उपस्थित हुन केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षका आधिकारिक व्यक्तिलाई आयोगकाे कार्यालयमा डाकिएकाे हो ।
नेकपाका दुवै पक्षले आधिकारिक नेकपा र चुनावचिह्नमाथि दाबी गरिरहेका बेला आयाेगले भने कुनै पक्षलाइ पनि मान्यता दिएकाे छैन । यसै विषयमा थप छलफल गर्न आयोगले दुवै पक्षलाइ बाेलाएकाे हाे ।
दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो । साथै आगामी निर्वाचनबारे समेत छलफल हुने बताइएकाे छ ।