निर्वाचन आचारसंहिता हट्यो

रिपोर्ट नेपाल | 2022 Dec 12 | 07:49 am 901

काठमाडौं, मंसिर २६ः निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदको टुंगो लागेसँगै सोमबारबाट लागू हुनेगरी आचारसंहिता हटाएको हो । निर्वाचनका लागि आयोगले गत १२ असाजदेखि मुलुकभर निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता लागू समाप्त हुने निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराइएको बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.