निर्मला हत्या प्रकरण : पूर्व एसपी विष्ट अदालतमा उपस्थित

रिपोर्ट नेपाल | 2019 Mar 19 | 04:14 pm 2349

कञ्चनपुर, चैत ५ : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट आज कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।

अदालतमा विष्टको अदालतमा बयान भइरहेको छ । बहसपछि थुनछेक बहस हुने अदालतका रजिस्टार हरिकृष्ण अबस्थीले जानकारी दिए । बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा ‘यातना र सार्वजनिक न्याय बिरुद्धको कसुर’मा कन्चनपुरमा कार्यरत तत्कालिन प्रहरी विष्ट विरुद्ध उजुरी परेको थियो ।

त्यस लगत्तै अदालतले एसपी विष्ट र डिएसपी अंगुर जिसीलाई अदालतले ३५ दिन भित्र हाजिर हुन पत्र काटेको थियो । सोही अभियोग लागेका तत्कालिन डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का जनही नौ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।

त्यस्तै प्रहरी निरीक्षक जगदिश भट्टले चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउद पनि दुई लाख पचास हजार रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.