निर्मलाले न्याय पाउने सम्भावनालार्इ पर धकेलिएको भन्दै छानबिन समितिका एक सदस्यले दिए राजीनामा

| 2018 Sep 10 | 02:42 pm 2408

काठमाडौं, भदौ २५ :  निर्मला हत्या तथा बलात्कार प्रकरणको छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । वर्तमान प्रक्रियाले निर्मलाको न्याय नहुने भन्दै सो घटनाको छानबिनका लागि बनेको समितिमा रहेका एक सदस्य तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार समितिबाटै राजीनामा दिएका हुन् ।

१५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले अनुसन्धान टुंग्याइसकेको अवस्थामा थप १५ दिन समितिको म्याद थपिनु निर्मलामाथि न्याय नहुने उनको निष्कर्ष छ । रङ्गिएको घटनाको छानबिन सार्वजनिक नगरी उल्टै म्याद थप गर्नु पीडित निर्मलाका आफन्तलाई अन्याय तथा घटनालाई अन्योल बनाउनु जस्तै भएको उनको आरोप छ ।

‘समितिको छानबिन लगभग टुंगिएको छ । त्यस्तोमा प्रतिवेदन सार्वजनिक गर्नुको साटो समितिको म्याद थप्ने कार्यले निर्मलामाथि बलात्कारपछि हत्या भएको घटना सम्बन्धमा थप अन्योल र आशंका सृजना गर्ने काम भएको छ ।

यसबाट निर्मलाले न्याय पाउने सम्भावनालाई पर धकेलिएको छ । न्याय प्राप्तिको कानुनी लडाइँलाई पर धकेल्ने प्रयास प्रति मेरो असन्तुष्टि रहेकाले मैले समिति सदस्यबाट राजीनामा दिएको हुँ । ’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.