एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट जारी

| 2019 Mar 13 | 05:36 pm 1644

काठमाडाैँ, फागुन २९ :  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने वारेन्ट जारी भएको छ। कञ्चनपुरका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरेको हो।

प्रहरी द्धय एसपी बिष्ट र डिएसपी अंगुर जिसीसहित आठ जनाविरुद्ध प्रमाण नष्ट गरेको र पीडितहरुलाई यातना दिएको अभियोग लगाउँदै कञ्चनपुरको सरकारी वकिल कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको हो। उक्त मुद्दामा अदालतले उपस्थित हुन एसपी बिष्ट र डिएसपी जिसीसहित ८ जनालाई पत्र काटेको थियो। तर उक्त पत्रको आधारमा ६ प्रहरी मात्र उपस्थित भए।

कञ्चनपुर उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको शब गत साउन १० गते बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.