निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै धनगढीमा प्रदर्शन

रिपोर्ट नेपाल | 2019 Feb 04 | 04:33 pm 3890

धनगढी, माघ २१ :  नेपाली कांग्रेस कैलालीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार पछि हत्याका अभियुक्तलाई पक्राउ गर्न नसकेको विरोधमा प्रदर्शन गरेको छ । निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाहीको माग सहित १६ मुद्दा उठाउदै कांग्रेसले धनगढी बजारमा प्रदर्शन गरेको हो ।

प्रदेश राजधानी समेत रहेको धनगढीमा कांग्रेलले अहिले सम्मकै ठुलो प्रदर्शन गरेको बताइएको छ । सरकारले प्रतिपक्षी खोजीरहेको बेला कांग्रेसले सडकबाटै प्रतिपक्षी रहेको आभास दिलाएको छ ।

के के हुन् १६ वटा मुद्दा ?
कांग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका आफ्ना मुद्दा नै छैनन् भनी ब्यङ्ग्य कस्दै आएका छन् ।

यही सेरोफेरोमा कांग्रेसले १६ मुद्दा उठाएको हो । ती मुद्दाहरु यस्ता छन्–
१, सरकारको अधिनायकवादको विरोध
२, संसदीय सर्वोच्चता कायम गर्न माग
३, सरकारको भ्रष्टाचार
४, राज्य आतंक बन्द गर्न माग
५, संसदीय मर्यादा पालना गर्न माग
६, हत्याहिंसा बन्द गर्न माग
७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग
१०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग
११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३, सुशासन कायम गर्न माग
१४, विधिको शासनको पूर्ण पालना गर्न माग
१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६, राज्य संचालन पारदर्शी गर्न माग ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.