काठमाडौं, मंसिर २१ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै बिद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । नेपाल विद्यार्थी संघ पद्यकन्या क्याम्पस इकाइ समितिले आज बिहान काठमाडौंमा प्रर्दशन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले निर्मलाको हत्यारा पत्ता लगाई कडाभन्दा कडा कार्वाही गर्न माग गरेका थिए । उनिहरुले दोषी पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराउँदै निर्मलाका परिवारलाई न्याय दिन माग गरेका थिए । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको शव साउन ११ गते फेला परे पनि अपराधी अझै पत्ता लाग्न सकेको छैन ।।