निर्मलाकी आमाको चित्कार- ‘न्याय दिनुहोस्, सक्नुहुन्न भने गोली ठोक्नुहोस्’

| 2018 Sep 13 | 05:46 pm 5710

काठमाडौं, भदौ २८ : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले प्रधानमन्त्री तथा राष्ट्रपतिसँग न्यायको याचना गरेकी छिन्। । बिहीबार रिपोर्टर्स क्लबमा आयोजना भएको पत्रकार सम्मेलनमा बौल्दै प्रधानमन्त्री तथा राष्ट्रपतिसँग न्यायको याचना गरेकी हुन् ।

कार्यक्रममा बोल्दै उनले भनिन्– ‘यदि न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंहरुलाई मार्न चाहन्छौं भनिदिनुहोला। मेरी छोरी बलात्कारपछि बितेर यसरी देश तड्पिरहेको छ। मलाई पनि बरु गोली ठोक्नुस्। मलाई मार्छु भन्नुस्, म मर्न पनि चाहन्छु।’

उनले भनिन्, ‘प्रधानमन्त्री पनि यहीँ हुनुहुन्छ, महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ। न्याय दिलाउने काम पनि उहाँहरुको हातमा छ। जसरी पनि हामीलाई न्याय दिनुहोला भनेर प्रधानमन्त्रीको शरणमा हामी आएका छौं।’

राष्ट्रपति पनि महिला भएकाले उनले पनि सोच्नु पर्ने उनको भनाइ छ ।  उनले भनिन् , ‘राष्ट्रपति पनि महिला हुनुहुन्छ। उहाँले पनि सोच्नुपर्‍यो। उहाँ पनि आमा हुनुहुन्छ। अहिले मेरी छोरी मारिइन्। त्यो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी भइदिएको भए के हुन्थ्यो ? त्यो उहाँले सोचेर न्याय दिलाईदिनुस् । न्याय नपाएपछि घर कसरी फर्कनु ? दुई छोरीलाई घरमै छाडेर आएको छु। न्याय दिलाउनुस्, झुलाएर नफर्काउनुस्। न्याय दिन सक्दिन भन्नुहुन्न भने हामीलाई पनि गोली हानेर मारिदिनुस्, हामी मर्न चाहान्छौं। न्याय माग्न आएका हौं, न्याय दिलाउनुस्। न्याय नपाएपछि घर फर्कने कसरी?’

निर्मला पन्तको हत्या घटनामा प्रहरीले प्रमाण नष्ट पारेर अपराधी बचाउन खोजेको आरोप पनि लगाएकी छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला चित्त समेत दुखाए ।

कञ्चनपुरबासीले आन्दोलन गरेपछि छानबिन समिति त बनेको छ तर, हत्या भएकाे दुई महिना हुन लागेको छ तर हत्यामा संलग्नहरुको अत्तोपत्तो छैन । हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै पन्तका बाबु यज्ञराज र आमा दुर्गादेवी केही दिनदेखि काठमाडौंमा छन् ।

याे पनि पढ्नुहाेस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.