‘निर्मलाका हत्यारा प्रधानमन्त्री र गृहमन्त्री हुन्’: डा डिला संग्रौला

रिपोर्ट नेपाल | 2018 Dec 07 | 01:30 pm 3017

बुटवल, मंसिर २१  : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ती अभियान चलाइरहेकी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रौलाले हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दाबि गरेकी छन् ।

गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरिन् ।

बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले भनिन्—‘नेपालमा न्याय मर्यो,न्याय बिकी सक्यो,अपराधिहरु सिंहदरबारको सुरक्षाभित्रै छन् ।’

हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउदै उनले असोज ११ गते इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन् ।

बलात्कार पछि हत्या गरेकी निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भव नभएको भन्दै उनले वर्तमान ओली सरकार बादशाह,महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको समेत दाबि गरिन् ।

न्याय नपाउँदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता व्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसंग ‘कि फांसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाइन् । दुइतिहाइको सरकारले ९ महिनामा के के गर्यो ? जनताको बांच्न पाउन अधिकार पनि कुण्ठित भएको र राज्यले भयावय स्थिती सिर्जना गरेको छ, किन राज्य यति कमजोर भयो ? भन्ने यो उनको प्रश्न छ ।

एसिया प्यासिफिक सम्मेलन गर्दै नेपाल सरकार सहआयोजक बनेर क्रिस्चियन धर्मको प्रचार गरेकोमा उनको दुखेसो छ । ‘प्रधानमन्त्रीले डलरको खेती गर्ने ठूलो तक्मा लगाउने अनि विवादीत एनजिओको बन्धक बन्न मिल्छ ? उनको प्रश्न छ ।

संविधानको धारा ९१ क मा फरक—फरक पार्टी र लिंगका सभामुख र उपसभामुख हुने भनेपनि सरकारले संबिधान लल्याइएको उनको भनाइ छ ।सरकारले प्रेस स्वतन्त्रता,न्याय पालिकामा पनि कब्जा गर्ने रणनीति असफल हुने उनको दाबि छ ।

अहिलेको दुइतिहाइ सरकारलाइ असफल हुने अधिकार नभएको भन्दै उनले सरकार संघीयताको कार्यान्वयनमा पनि चुक्दै गएको आरोप लगाइन् ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी उनले कांग्रेसलाइ ५ वटा सको आवश्यकता रहेको बताइन् । सडक,सदन,सत्याग्रह ,संगठन र सहमति नै कांग्रेस बलियो बनाउने सुत्र भएको उनको जिकिर छ ।

पार्टीमा उमेर हदबन्दी जरुरी नरहेको उनको भनार्इ छ । उनले भनिन् —‘ उमेर ठूलो कुरा होइन,बिचार र नेतृत्व ठूलो कुरा हो ।’कार्यक्रममा क्लवले मानव अधिकार तथा शान्ति समाजमा निर्वाचित केन्द्रीय बरिष्ट उपसभापति गोबिन्द खनाल र केन्द्रिय सदस्य मिना ढकाललाइ पनि सम्मान गरिएको थियो ।रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.