निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरेको सभापति देउवाको आरोप

| 2019 Jan 20 | 03:57 pm 1891

तनहुँ, माघ ६ : नेपाली कांग्रेसका सभापति तथा पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस तनहुँद्वारा बिपी स्मृति भवन दमौलीमा आयोजित कार्यकर्ता भेटघाट देउवाले यस्ताे आरोप लगाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै  सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल भएको बताए। ‘हत्याको प्रमाण नष्ट गर्ने खोज्ने, कपडा पखाल्ने जस्ता कार्य स्पष्ट भए पनि हत्यारा पत्ता लगाउन नसक्नुले संरक्षणमा सरकारको संलग्नता मान्न सकिन्छ’ उनले भने, ‘देशमा बलात्कार, हत्या, हिंसा तथा आतङ्क जस्ता आतङ्कित कार्यहरुलाई नियन्त्रण गर्न नसकेर सरकार असफल सावित भइसकेको छ।’

नेपाली कांग्रेस सबैभन्दा लोकतान्त्रिक र समावेशी पार्टी भएको दाबी गर्दै देउवाले महिला, जनजाति, मधेसी, अल्पसङ्ख्यक सबैलाई समेटेर आरक्षण गरेको र अब पार्टी मजबुद भएर अगाडि बढेको बताए।

गोविन्दराज जोशीले आव्हान गरेको विशेष अधिवेशन स्थगित गर्न सभापति देउवाले आग्रह गुर्नका साथै नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको नाममा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज नगर्न सरकारलाई सुझाए।

उनले स्वासप्रश्वास केन्द्रको खारेजी गरेमा सदन र सडकदेखि आन्दोलन शुरु गर्न कार्यकर्तालाई निर्देशन दिए। सरकार राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको नाम सुन्न डरायो केन्द्रको खारेजी गर्न लागेको प्रति इंकित गर्दै नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको नाम सुन्नसमेत सरकार किन हिचकिचाएको छ? देउवाले प्रतिप्रश्न गरे।

‘आफू भारत भ्रमणका समयमा श्वासप्रश्वास केन्द्रलाई अन्तराष्ट्रियस्तरको बनाउन भारत सरकारले सहयोग गर्ने वचन दिएको र सम्झौता भएको अवस्थामा सरकारले विघटन गर्नु न्यायोचित होइन,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.