निर्मलाका लागि न्याय माग्दै धनगढीमा विद्यार्थीद्वारा प्रदर्शन

| 2018 Sep 21 | 03:58 pm 2356

धनगढी, असोज ५ : कञ्चनपुरकी १३ वार्षीया निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै धनगढीमा विद्यार्थीले गरेका छन् । शुक्रवार नगर बाल सञ्जालको आयोजनामा निर्मलालाई न्याय दिनु पर्ने र महिला हिंसाको अन्त्य गर्नु पर्ने माग सहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा धनगढी उपमहानगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरु विद्यालय पोशाकमै प्रदर्शनमा सहभागि थिए । उनीहरुले ‘निर्मलालाई न्याय दे’, ‘हामी न्याय चाहन्छौ’, ‘बाल अधिकार रक्षा गर’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लगाएका थिए ।

धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको विद्यार्थीको विरोध र्‍याली सामाजिक विकास मन्त्रालय हुँदै फर्केर पार्क चौकसम्म पुगेको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । घटना भएको दुई महिना पुग्नै लाग्दा प्रहरीले अझै पनि दोषी पत्ता लगाउन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.