महेश सिंह सिरहा, चैत ५ः लहान नगरपालिका वडा नम्बर २० का अजब लाल महतोको श्रीमती फुलोबती कोईरीनको २०७८ माघ ३ गतेका दिन आफ्नै निवासमा मृत्यु भएको थियो । मृतक फुलोबती कोईरीन बिगत ८ बर्ष देखि लहान स्थित रहेको निर्धन उत्थान लघुबित्त संस्था लिमिटेड लहान शाखा अन्तर्गत रहेको हरिनगरा महिला समाज केन्द्रका सदस्य थिइन्।
मृतक कोईरीनले केन्द्र नम्बर १९ मा पहिलो पल्ट ३ लाख र दोश्रो पल्ट ३ लाख लगानी गरेका थिए।कोईरीनलाई मृत्यु पश्चात् समाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण बिमा क्षेतिपुर्ती बापत जम्मा ७ लाख १५ हजार शाखा प्रबन्धक पूर्ण बहादुर खड्काले सम्बन्धित वडाका अध्यक्ष गणेश चौधरी र केन्द्र नम्बर १९ का प्रमुख बिमला देबी दासको रोहबरमा पीडित मृतकको श्रीमान् अजब लाल महतोलाई प्रदान गरेको छ।
लहान शाखा अन्तर्गत १ सय ५८ वटा केन्द्र रहेका छन् भने ३ हजार २ सय सदस्य रहेका छन् । निर्धनको हाल ३० करोड लगानी रहेको शाखा प्रबन्धक खड्काले बताए। उक्त संस्था २०५५ साल कार्तिक १२ गते स्थापना भई नेपालको अधिकांश जिल्लाहरुमा कार्य गर्दै आएको सहायक ऋण अधिकृत मनोहर कुमार यादवले जानकारी दिए।
पीडितको घरमा रकम हस्तान्तरण गर्ने कार्यक्रममा राम दिनेश महतो, प्रभा चौधरी, उषा चौधरी लगायतका कर्मचारीको सहभागिता रहेको थियो । प्रबन्धक कड्काले सेवाग्राहीहरुलाई सहज रूपमा कर्जा लगानी गरी चुक्ता समेत गर्ने गरेको छ। सिरहामा निर्धन लघुबित संस्थाको निकै सकृय समुहहरु रहेको उनले बताए।
प्रमुख अतिथि चौधरीका अनुसार सोकको घडिलाई आर्थिक रुपले शक्तिको रूपमा परिणत गरीएको छ। संस्था प्रति अभार प्रकट गर्दै पीडित परिवारमा धैर्य धारणको शक्ति प्रदान होस् भनि मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।