निर्दयी बाबु : सुतिरहेको नाबालक छोरालाई तरकारी काट्ने चक्कुले हानेर हत्या

रिपोर्ट नेपाल | 2018 Jun 12 | 06:19 pm 3312

भक्तपुर, २९ जेठ : भक्तपुरको चागुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर–१० कमलविनायक बस्दै आएका पहलमान गिरीले आफ्नै नाबालक छोराको हत्या गरेका छन् । आइतबार विहान घरमा सुतिरहेका १२ वर्षीय छोरा प्रतिक गिरीलाई चक्कुले हानेर हत्या गरेका हुन् ।

परिवारका अन्य सदस्य कोही नभएको बेला बुबाले छोरालाई तरकारी काट्ने चक्कुले पेट, कोखा, छाती लगायतका स्थानमा प्रहार गरेर निर्ययतापुर्वक हत्या गरेको महानगरीय प्रहरी वृत जगातीका प्रमुख ९डिएसपी० दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

चक्कु प्रहारबाट गम्भिर घाइते भएका प्रतिकको उपचारको क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको थियो । बुबालाई महानगरीय प्रहरी वृत जगाती ले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.