निरन्तर सरसफाईमा लाग्दै लहान ३ का वडा सदस्य महतो

रिपोर्ट नेपाल | 2022 Oct 18 | 09:08 pm 1369

  • महेश सिंह

सिरहा, कात्तिक १ः स्थानीय निर्वाचनमा लहान ३ बाट निर्वाचित भएका वडा सदस्य राम उदगार महतो लहानमा जथाभावी थुपारीएका फोहरमैला सरसफाईमा लागेका छन्। फोहरले दुर्गन्धित बन्दै गएको वडालाई लहान नगरपालिकाको समन्वयमा सरसफाई अभियान जारी राखेका हुन्।

वडा सदस्य राम उदगार महतोले लहान ३ का युवाहरूलाई जागरुक गरि सरसफाई अभियानमा लागेका हुन्। फोहरको हब बन्दै गएको लहान ३ मा वडा सदस्य महतोले सरसफाई अभियान थालेका हुन्। लहान ३ का सडक पेटी, विद्यालय क्षेत्र र मठ मन्दिर नजिक रहेको फोहरमैला सरसफाई गरेका हुन्।

जन प्रतिनिधि महतोले सुरु गर्दा अभियानले लहान ३ मा सरसफाईको अनुभुती भई रहेको स्थानीयहरुले बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.