नियन्त्रित लागूऔषधसहित पक्राउ

| 2023 Jul 04 | 08:14 am 1297

मोरङ,असार १९।  विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ४ एम्पुल, एभिल ४ एम्पुल र डाईजेपाम ४ एम्पुलसहित सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय ओम भक्त बान्तावालाई प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट नियन्त्रित लागूऔषध नाईट्रासेल ५६ ट्याब्लेटसहित दाङ घोराही उपमहानगरपालिका-१८ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.