नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Jan 22 | 08:12 am 629

पर्सा, माघ ८। वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत पुर्विचम्पारण मोतिहारी रक्सौल थाना-२ टमरिया टोल बस्ने २० वर्षीय कन्हैया गिरी र सोही ठाउँ बस्ने २० वर्षीय असलम आलम रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा गिरीलाई फेनारगन २ सय एम्पुल, डाईजेपाम ३८ एम्पुल र नुर्फिन ७१ एम्पुल तथा आलमलाई डाईजोपाम १ सय ६० एम्पुल र नुर्फिन १ सय २९ एम्पुलसहित पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.