काठमाडौं, साउन २६ । सरकारसँग वार्ता भइरहेकोले निजी विद्यालय सञ्चालकहरूले आइतबारदेखि अनिश्चितकालीन विद्यालय बन्द फिर्ता लिने निर्णय गरेका छन् ।
शुक्रबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा मन्त्री आशोक राई, मुख्य सचीव बैकुण्ठ अर्याल, कानून, न्याय तथा संसदीय सचिव कमलशाली घिमिरे लगायतकाे बैठकले हाललाई शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले जानकारी दिए।
आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय यथावत सूचारु हुने प्याब्सनका अध्यक्ष ढुंगानाले बताए ।
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै सञ्चालकहरू आन्दोलित भएका थिए । शिक्षा विधेयक नसच्याए आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका थिए ।