निजी कम्पनीको जहाज चार्टर गरी प्रधानमन्त्री चीन जाँदै

रिपोर्ट नेपाल | 2018 Jun 15 | 12:09 pm 947

काठमाडौं,असार १ : नेपाल सरकरले नेपालका सबै निकायका व्यक्तिहरु हवार्इ उडानका लागि नेपाल एयरको जहाज चढ्नुपर्ने नियम बनाए पनि त्यसको उल्लघंन गर्ने पहिलो व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली बनेका छन् ।

असार ५ गतेदेखि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओली नेपाल एयरको जहाज नचढेर निजी कम्पनीको जहाजमा उनि चीन प्रस्थान गर्ने भएका हुन् ।

मन्त्रालय तथा मन्त्रिपरिषदले गरेका निर्णयहरुलार्इ सच्चयाउने र िपालना गर्ने पहिलो जिम्मेवारी पाएका प्रधानमन्त्री ओली नियम उल्लघंन गर्ने पहिलो व्यक्ति बनेका हुन् ।

यसअघि प्रधानमन्त्रीका रूपमा पहिलोपटक २०७२ चैत ७ गते चीन भ्रमण जाँदा पनि ओली हिमालयकै जहाजमा गएका थिए।

संसारका प्रायः सबै देशका राष्ट्र र सरकार प्रमुखले विदेश भ्रमणमा राष्ट्रिय ध्वजावाहक जहाज प्रयोग गर्छन्। केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एयर इन्डियाको एटिआर जहाजमा जनकपुर आएका थिए।

प्रधानमन्त्री ओली भने हिमालय एयरलाइन्सको जहाजमा चीन जान लागेको दोस्रोपटक हो।

चार्टर उडान गर्दा नेभिगेसन, अवतरण तथा विमानस्थल शुल्क विमानस्थलको नियमानुसार तिर्नुपर्छ। राष्ट्र र सरकार प्रमुखको भ्रमणमा पराराष्ट्रको सिफारिसपछि त्यस्तो शुल्क छुट हुने प्रावधान रहेकाे छ ।

हिमालय एयरलाइन्समा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर छ भने नेपाली व्यवसायी आङछिरिङ शेर्पाको ५१ प्रतिशत लगानी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.