नारायणहिटी भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन समिति गठन

| 2022 Jan 06 | 03:18 pm 1245

काठमाडौँ पुस २२: संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई एक साताभित्र अध्ययन गरी रायसहित प्रतिवेदन पेस गर्न दिइने जनाइएको छ । ‘बुधबार मन्त्रिपरिषद् बैठक र प्रधानमन्त्री, मन्त्री, सचिवको बैठक भएकाले निर्णय गर्न ढिलाई भयो, बिहीबार समिति बनाई छानबिन थालिने छ। कुनै काम भएको छ कि छैन र सम्झौताकै वैधानिकता कति छ ? भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.