पहिरोकाे कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

रिपोर्ट नेपाल | 2019 Jun 02 | 11:05 am 1992

काठमाडाैं, जेठ १९: शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालन हुँदा सवारीसाधानको चाप बढी भएको प्रहरीले जनाए।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.